११ श्रावण २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठक स्थगित
  • न्युज मानसराेवर

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटीको आजको बैठक स्थगित भएको छ। पार्टी एकताका लागि कार्यदल स्तरमा भएको अनौपचारिक छलफलका सम्बन्धमा नेता सुवास चन्द्र नेम्वाङले जानकारी गराएका थिए। यसपछि बैठक अन्य विषयमा प्रवेश नगरी स्थगित भएको नेता सुवास चन्द्र नेम्वाङले बताए। उनले भने, ‘अध्यक्षको अनुमतिमा मैले पार्टी एकताका कुरा राखे । त्यसपछि भोलि ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो।’

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech