११ श्रावण २०८१, शुक्रबार

हाफ सेन्चुरी नजिक पुग्यो कोहलपुरमा कोरना संक्रमित संख्या
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर  नगरपालिकामा कोरना संक्रमित संख्या हाफ सेन्चुरी नजिक पुगेको छ । कोहलपुरमा आज कोरना संक्रमित संख्या ३७ पुगेको हो । शुक्रबार यो संख्या २८ पुगेको थियो भने आज कोरना परिक्षण बाट थप ९ जनामा संक्रमण पुष्टि भए पछि यो संख्या ३७ पुगेको हो । ९ जना मध्य ६ पुरुष र ३ महिलामा संक्रमण फेला परेको हो ।

संक्रमित सबै होम आइसोलेसन रहेका कोहलपुर नगर स्वास्थ्य कार्यालयले जनाएको छ । कोरना संक्रमितहरुको उच्च अवस्था पुग्ने सक्ने नगर स्वास्थ्य कार्यालयले जनाएको छ । नगर स्वास्थ्य कार्यालयले हाल पिसीआर परिक्षण दायरा बढाएको छ भने दुई वटा स्वास्थ्य समुह कन्ट्रयाक्ट ट्रशिङमा परिचालन गरिएको नगर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन ।  खनालले आम नागरिकहरुलाई सामाजिक दुरीको पालना गर्नुका साथै स्वास्थ्य मापदण्ड पालना गर्न अपिल समेत गरेका छन।साउन १० गते बाट कोहलपुर नगरपालिका क्षेत्रमा संक्रमित संख्यामा भारी मात्रामा  बृद्धि भइरहेको छ ।अझै यो संख्या बृद्धि हुने अनुमान गरिएको छ ।

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech