१० मंसिर २०८१, सोमबार

शैक्षिक संस्था खोले कार्यवाही कोहलपुर नगर शिक्षा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगर शिक्षा कार्यालयले भौतिक रुपमा विद्यालय संचालन नगर्न सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।
नगर शिक्षाले जारी गरेको सूचनामा कोभिड १९ को दोस्रो लहर सगै स्थानीय प्रशासनले विद्यालय ,कलेज ,ट्यूसन सेन्टर, तालिम केन्द्र सञ्चालन नगर्न जारी गरेको सबैमा अवगत हुदाँ हुदै अटेर गरी विद्यालय संचालन गरेको जानकारी प्राप्त भए अनुसार नगर शिक्षा शाखा बाट मिति २०७८।०३।२२ गते जारी सूचनाबाट भौतिक रुपमा विद्यालय कलेज, ट्यूसन सेन्टर तालिम केन्द्र ,परामर्श सेवा ,परिक्षा तयारी ,कक्षामा पठनपाठन सञ्चालन  नगर्न सबैमा अवगत गराउदै नगर शिक्षा कार्यालयको निर्देशन र आदेश वेगर शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याए कार्यवाही हुनुका साथै कहै कतै केही भएको खण्डमा शैक्षिक संस्था आफै जवाफदेही हुनु पर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।  जारी सूचनामा शिक्षा प्रमुख अनन्तकुमार पौड्यालले हस्ताक्षर मार्फत जानकारी गराइएको छ ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech