कोहलपुर। कोहलपुर नगरपालिका वडा न १ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । आज एक कार्यक्रमका विच कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्बी) रावत र उप प्रमुख सन्जु कुमारी थारुको सहभागिता बाल विवाह मुक्त वडा घोषणा गरिएको कोहलपुर नगरपालिका वडा न १ का अध्यक्ष गोपीलालखनालले जानकारी गराए ।
बाल विवाह मुक्त वडा का निम्ति कार्यरत्त संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको छ । वडालाई बाल विवाह मुक्त घोषणा गर्न विशेष भूमिका खेल्ने प्लान नेपाल ,समाजिक सचेतन सरोकार मञ्ज र (स्याक नेपाल)का प्रतिनिधिहरुलाई सम्मान गरिएको हो । कोहलपुर नगरपालिकाले वाल विवाह मुक्त अभियान निर्देशिक २०७६ अनुसार क्रमिक नगरका सबै वडालाई बाव विवाह मुक्त गरिने जनाएको छ । यस अघि कोहलपुर नगरपालिका वडा न १२ र १३ वाल विवाह मुक्त घोषणा गरिसकिएको छ । कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।