१२ श्रावण २०८१, शनिबार

नगरको निशुल्क पिसीआर परिक्षण जारी
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा  कोरना संक्रमण बृद्धि भए संगै पिसीआर परिक्षणलाई निरन्तरता दिइएको छ । कोहलपुर नगर स्वास्थ्य कार्यालयले निशुल्क पिसीआर परिक्षणलाई निरन्तरता दिइएको हो । आज ३२ जनाको पिसीआर परिक्षण मार्फत स्वाब संकलन गरिएको छ । १७ महिला र १५ पुरुषले पिसीआर परिक्षण मार्फत स्वाब दिएका छन ।’ कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन । संकलन गरिएको स्वाब अब कोरना संक्रमण छ छैन भन्ने परिक्षण गरिने छ’  खनालले भनेका छन।कोहलपुरमा संक्रमित  संख्या बृद्धि भए सगै नगर स्वास्थ्य कार्यालयले आम नागरिकहरुमा स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेको छ ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech