कोहलपुर। कोहलपुर नगर शिक्षा सी.यु.जी पाठशाला सिम वितरण अभियान सञ्चालन गरेको छ । उक्त अभियान कृष्ण मावि कोहलपुर बाट शुरु गरिएको हो । पहिलो चरणमा ४ सय ५० सी.यु.जी पाठशाला सिम विद्यार्थी ,विद्यार्थीका अभिभावकलाई उपलब्ध गराइएको हो ।
कोहलपुर नगर शिक्षा प्रमुख अन्नतकुमार पौड्यालले वैकल्पिक माध्यमबाट पठन पाठनलाई निरन्तरता दिन र आनलाइन अफलाइन भर्चुअल सिकाई विधिमा पहुंच विस्तार गर्नका लागि सी.यु.जी सिम कार्ड कोशेढुंगा सावित हुने बताएका छन।
शैक्षिक सुधारका लागि सी.यु.जी पाठशाला सिमले प्रविधिमैत्री युगको शुरुवात गरेको नगर प्रमुख लुट बहादुर (एल्बी)रावत भनेका छन । प्रति सी.यु.जी पाठशाला सिमको मुल्य १ सय २५ रुपैयाका दरले उपलब्ध गराइएको छ ।
कोहलपुर नगरपालिको शैक्षिक झलकलाई आधार मान्ने हो भने सामुदायिक विद्यालयका ,बाल विकास तहदेखी कक्षा१२ सम्म कूल १३ हजार ८ सय ६५ जना विद्यार्थीहरु लाभान्स हुन देखिन्छ ।तर पहिलो चरण्मा कक्षा ४ देखी १० कक्षा सम्मका विद्यार्थीहरुले यो सेवा लिन सक्ने छन।’ नगर शिक्षा प्रमुख अन्नतकुमार पौड्लले भनेका छन ।
हाल कोहलपुर नगरपालिका क्षेत्रमा कुल ३० वटा सामुदायिक विद्यालयहरु रहेका छन । जस मध्य २८ वटा विद्यालय अन्तरगत ८१ वटा बाल विकास केन्द्रहरु छन । यसै गरी कक्षा १ देखी १२ सम्म पठन पाठन हुने ५ वटा र कक्षा १ देखी १० सम्म पठनपाठन हुने ६ वटा सामुदायिक माध्यामिक विद्यालयहरु रहेका छन।’ भने कक्षा १ देखी ८ सम्म पठनपाठन हुने ६ वटा आधारभूत विद्यालयहरु र कक्षा १ देखी ५ सम्म पढाइ हुने १३ वटा सामुदायिक प्राथमिक विद्यालयहरु रहेका छन ।