१२ श्रावण २०८१, शनिबार

भूमिसम्बन्धी आयोग खारेजको विरोधमा सुकुम्वासीहरूको प्रदर्शन
  • न्युज मानसराेवर

काठमाडौं। सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा काठमाडौंको मनोहराका भूमिहीन तथा सुकुम्वासीहरूले विरोध प्रदर्शन गरेका छन्। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको नेतृत्वमा भूमिहीन तथा सुकुम्वासीहरू प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले आयोग विघटन बदर गर्न माग गरेका थिए। अघिल्लो सरकारले भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्न भन्दै २०७७ वैशाख २ मा गठन गरेको आयोग सरकारले १९ साउनमा खारेज गरिदिएको थियो।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech