१२ श्रावण २०८१, शनिबार

एक वर्षमा एक अर्बभन्दा बढीको विदेशी व्हीस्की आयात
  • न्युज मानसराेवर

बाँके। एक वर्षको अवधिमा नेपालमा एकअर्ब रुपैयाँभन्दा बढीको विदेशी व्हीस्की भित्रिएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८मा कुल एकअर्ब एककरोड ८८ लाख १९ हजार रुपैयाँको व्हीस्की नेपाल भित्रिएको छ। व्हीस्की बनाउन विदेशबाट ल्याइएको कच्चापदार्थ यसमा जोडिएको छैन। सो मूल्यमा ४लाख ९७हजार ४४२लिटर व्हीस्की नेपाल आएको छ। अघिल्लो वर्ष ८२करोड ७१ लाख ८७ हजार रुपैयाँको व्हीस्की नेपालले आयात गरेको थियो।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech