कोहलपुर। कोहलपुर नगरपालिकामा कोरना संक्रमित दर बढेको छ । आज थप कोहलपुरमा १८ जनामा कोरना संक्रमित फेला परेको छ । संक्रमित मध्य ८ जना महिला र ८ जना पुरुष रहेका छन। १६ जना सहित अब कोहलपुरमा कूल संक्रमित संख्या ८२ पुगेको छ। ‘कोहलपुर नगर फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन । संक्रमित सबै होमआइसोलेसनमा छन ।
पछिल्लो समय कोहलपुरमा कोरना संक्रमित दर बुद्धि भइरहेको छ भने निको हुनेको संख्या भने न्यून रहेको छ । गत आर्थिक वर्षको असार १० गते बाट कोहलपुरमा कोरना संक्रमित संख्यामा दैनिक जसो बृद्धि भइरहेको छ ।
यसै विच कोहलपुर नगर स्वास्थ्य कार्यालयले कोरना परिक्षण क्षमता भने बढाएको छ । निशुल्क पिसीआर परिक्षण लाई नगरपालिकाले निरन्तर दिइरहेको छ ।’भने कोभिड १९ एन्टीजेन परिक्षण समेत गरिरहेको छ ।नगर स्वास्थ्य कार्यालयले स्वास्थ्य मापदण्ड पालना गर्न नगरबासीमा अपिल समेत गरेको छ ।