२ माघ २०८१, बुधबार

भूमि आयोग खारेजी विरुद्ध कोहलपुरमा हस्ताक्षर संकलन अभियान
  • न्युज मानसराेवर

कोहलपुर। नेकपा एमाले कोहलपुर नगर कमिटिले सरकारले खारेज गरेको भूमि आयोग गलत भएको ठहर गर्दै त्यस विरुद्ध हस्ताक्षर संकलन  अभियान संचालन गरेको छ ।

कोहलपुर नगर कमिटि अध्यक्ष खिल प्रसाद भूसालले भूमि आयोग खारेजी गर्नु राजनितिक संस्कार नभएको र अगिल्ला सरकारका राम्रा कामहरु सबै खारेज गर्ने  कार्य प्रतिशोध मात्र रहेको जिकिर गरेका छन। भूसालले सरकारका प्रत्येक गतल निर्णय विरुद्ध नेकपा एमाले जनताको अभिमत का साथ विरोद्धका गतिविधि संचालन गर्ने बताए ।

आयोग खारेजी विरुद्ध नगर कमिटिले १५ वटै वडाहरुमा विरोद्ध स्वरुप हस्ताक्षर अभियान संचालन गरिएको छ। हस्ताक्षर अभियानमा नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकाल , स्थानीय समाजसेवी ,बुद्धिजिवि ,व्यपारी लगाएतको सहभागिता रहेको छ ।

जिल्लामा दलित भूमिहिन,सुकुमबासी, अव्यवस्थित बसोबासी करिब ५५ हजार भन्दा माथी रहेका छन।उनीहरुको लागत संकलन संगै लालपुर्जा वितरण गर्ने समयमा सरकारले आयोग खारेजी गरेको थियो ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech