११ श्रावण २०८१, शुक्रबार

मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक, ६ प्रदेशमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके।  मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोले आज देशका सातमध्ये ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षा हुनेछ। हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech