१२ श्रावण २०८१, शनिबार

होमस्टे एशोशियशन जिल्ला समन्वय समिति गठन
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा होमस्टे एशोशियशन जिल्ला समन्वय समिति गठन गरिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा न १ स्थित गाभर होमस्टे मा बाँके, बर्दिया र दाङ जिल्लाका होमस्टे व्यवसायिहरुको भेलाले होमस्टे एशोशियशन जिल्ला समन्वय समिति गठन गरेको हो ।

भेलामा स्थानीय होमस्टे व्यवसायिकहरुको सहभागिता रहेको छ  । होमस्टे एशोशियशन जिल्ला समन्वय समिति बाँकेका बाबुराम चौधरी ,बर्दिया जिल्लाका  जीवन कुमार थारु र दाङ जिल्लाका जगनारायण चौधरी चयन भएका छन।  अब सम्बन्धित जिल्लामा  समन्वय समितिका पदाधिकारीहरुको नामवली  सार्वजनिक गरिने बताइएको छ ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech