१८ असार २०८३, बिहीबार

नेपाल भित्रियो अर्को मौसमी प्रणाली, फेरि वर्षा र हिमपातको सम्भावना
  • न्युज मानसराेवर

बाँके\  नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीका अनुसार सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ ।

आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।

अस्वाभाविक हो ?

अघिल्लो पटक गत पुस १३ गते पश्चिमी वायुको प्रभाव नेपालमा परेको थियो । त्यसको प्रभाव बिहीबारसम्मै देखिएको थियो । बीचमा केही दिन घाम लागेर अहिले फेरि पश्चिमी वायुको अर्को प्रणाली नेपाल भित्रिएको छ ।

हिउँदयाममा करिब सात–आठ वटा यस्ता प्रणाली नेपाल भित्रिन्छन् । अहिले भित्रिएको नयाँ प्रणाली पाँचौं हो ।  ‘हिउँदयाममा पानी पर्ने पश्चिमी वायुकै कारण हो ।

नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो हिउँदमा अधिकतम तापक्रम सरदरभन्दा बढी र न्यूनतम तापक्रम सरदर रहने अनुमान छ ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech