१२ श्रावण २०८१, शनिबार

बाँके ट्राफिकले गर्यो पत्रकार भेटघाट
  • न्युज मानसराेवर

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले पाँच महिनाको अवधिमा ९२ लाख २१ हजार राजश्व संकलन गरेको छ । उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १६ हजार ८ सय ५ वटा सवारी साधानलाई कारबाही गरिएको छ ।

चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गर्दै हालै जिल्लामा प्रमुखको रुपमा सरुवा भएर आएका ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले शुक्रबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि प्रभावकारी अभियान चालिने उनले बताए ।

उनले दुर्घटना न्यूनिकरण गर्नका लागि मापासे चेकजाँच कार्यलाई कडाईका साथ लैजाने प्रतिवद्धता पनि ब्यक्त गरे । ट्राफिक प्रहरीलाई अहिले पनि जनशक्ति, स्रोत र साधनको अभाव भएको भन्दै उनले उपलब्ध जनशक्ति, स्रोत र साधनको उपयोग गरेर काम गरिने बताए ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech