१२ श्रावण २०८१, शनिबार

‘काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेट्ने’
  • न्युज मानसराेवर

बाँके\ नेपाली काँगे्रस लुम्बिनीका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् । नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली कांग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मुल्यांकन गरिने बताए ।

नेपाल प्रेस युनियन बाँकेले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी कांग्रेसको आगामी योजनाका विषयमा बताएका हुन् ।

उनले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताउए । पुनले देशव्यापीरुपमा चलिरहेको अधिवेशनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिबाट अधिवेशन गरेको जिकिर गरे ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech