१२ श्रावण २०८१, शनिबार

मुलुकको ब्यवस्थालाई कांग्रेस बाहेक अरु कसैले बचाउन सक्दैनन्ः सहमहामन्त्री राठौंर
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले मुलुकको वर्तमान ब्यवस्थालाई कांग्रेस बाहेक अरु कसैले बचाउन नसक्ने बताएका छन् । मुलुकको ब्यवस्थालाई बचाउनका लागि कांग्रेसलाई जिताउन जरुरी रहेको उनको भनाई छ ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘किनभने यो संविधानको घोषणा पनि हामीले गरेको हो, यो संविधानलाई कार्यान्वयन पनि हामीले गरेको हुनाले यो ब्यवस्था बचाउनका लागि वडादेखी केन्द्रसम्म नेपाली कांग्रेसलाई जिताउन जरुरी छ ।

’ कम्युनिष्टले जितेका कारण वडादेखी हरेक ठाउँमा भ्रष्टाचार भएको सहमहामन्त्री राठौरले बताए । ‘म भन्न चाहन्छु, भ्रष्टाचारको अन्त्यको लागि पनि कांग्रेसले जित्न जरुरी छ, कांग्रेसले नजितेसम्म भ्रष्टाचार रोकिने वाला छैन, त्यसैले म भन्न चाहन्छु कि यि सबै कुराको लागि कांग्रेसलाई जिताउन जरुरी छ,’ उनले भने ।

कांग्रेसले लोकतान्त्रिक पद्धतीलाई अंगाल्न जरुरी रहेको बताए । पार्टीको आन्तरिक निर्वाचन सकिएकाले अब सबै मिलेर पार्टी निर्माणमा लाग्न जरुरी रहेको राठौरको धारणा छ ।

पार्टीभित्र बैधानिक एकता गर्न आवश्यक रहेकोमा जोड दिदै भने, ‘बैधानिक एकता हामीले गर्नुपर्छ, अंगालो हालेर, हात मिलाएर एकता हुदैन, चुनाव जितेकाले सबैलाई समेट्ने, चुनाव हारेकाले सहयोग गर्ने र पाँच वर्ष कुर्ने, पाँच वर्षपछि साथीहरुको बीचमा जान्छु भनेर तयारी गर्ने ।’ नेतृत्वले पार्टीलाई एकतावद्ध ढंगले लिएर जान जरुरी रहेको पनि सह–महामन्त्री राठौरले जोड दिए । पार्टीलाई एक ढिक्का बनाएर जान ठुलो चुनौती रहेको बताए ।

‘सबै हिसाबले एउटा परिपक्क र जुझारु युवा भएको पुस्ता चाही नेतृत्वमा आएको छ, यो नेतृत्वले अब काम गरेर देखाउनुपर्ने जरुरी छ,’ राठौंरले भनेका छन।

 

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech