१२ श्रावण २०८१, शनिबार

गुरुबाबा मध्यवर्ती बहुउदेश्य सहकारी संस्थाको चौंथो बार्षिक साधारण सभा सम्पन्न
  • रामकृष्ण छिनाल

बैजनाथ\बैजनाथ गाउँपालिका वडा न १ स्थित श्री गुरुबाबा मध्यवर्ती बहुउदेश्य सहकारी संस्थाको चौंथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ चौँथो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।२०६५ सालमा दर्ता भएको श्री गुरुबाबा मध्यवर्ती बहुउदेश्य सहकारी संस्थाको चौंथो बार्षिक साधारण सभामा अध्यक्ष कृष्णलाल चौधरीले सहकारीको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा समुदायको आर्थिक सामाजिक साँस्कृतिकजै,विक बिबिधता संरक्षणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन।उनले प्रतिवेदमा सहकारी मार्फत समुदायको जिविकोपार्जन प्रत्यक्ष प्रभाव हुने खालका विभिन्न संघ संस्थाहरुको समन्वयमा गतिविधिहरुलाई निरन्तर दिने प्रतिवद्धता जनाएका छन।सहकारीले आर्थिक वर्ष २०७६।०७७ र आर्थिक वर्ष२०७७।०७८ को तुलनात्मक वित्तिय अवस्था बारे जानकारी गराइएको थियो ।
संस्थाले आर्थिक वर्ष २०७६।०७७ मा संस्थाको कारोबार २१ लख ३९ हजार ९ सय ८० रुपैया रहेको थियो भने आर्थिक वर्ष२०७७।०७८ मा संस्थाको ४१ लख ८५ हजार ४ सय ७२ रुपैया रहेको छ ।

संस्थाको निपेक्ष संकलन आर्थिक वर्ष २०७६।०७७ १ लाख ७४ हजार ३ सय ३८ थियो भने आर्थिक वर्ष ०७७ ।७८ मा संस्थाको निपेक्ष संकलन ८ लाख ५४ हजार ७ सय १०रुपैया रहेको छ । संस्थाले ०६७।०७७ कूल लगानी १४ लाख ९० हजार ४८ रहेको थियो भने ०७७।७८ मा संस्थाले कूल लगानी २४ लाख ४८ लाख ३ सय ६० रुपैया रहेको आर्थिक प्रतिवेदमा प्रस्तुत गरिएको छ । बार्षिक साधारण सभामा बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरी जेट.एस. एल. का अधिकृत संजीप पुन लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech