१ जेष्ठ २०८१, मंगलवार

इतिहासमा आज : चन्द्रमामा पहिलो पटक राडर सिग्‍नल पहिचान
  • न्युज मानसराेवर

बाँके\ आज सन् २०२२ को  जनवरी १०। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।

कमन सेन्स सार्वजनिक 

अमेरिकी लेखक थोमस पाइनले सन् १७७६ जनवरी १० मा कमन सेन्स सार्वजनिक गरेका छन्। ५० पृष्ठको उक्त पम्पलेट करिब पाँच लाखभन्दा बढी प्रति बिक्री भएको थियो। त्यसको केही महिनामा स्वतन्त्रताको युद्धको आह्वान भएको थियो, जसलाई अमेरिकन क्रान्ति पनि भनिन्छ।

चन्द्रमामा पहिलो पटक राडर सिग्‍नल पहिचान 

सन् १९४६ को जनवरी १० मा पहिलो पटक चन्द्रमामा राडर सिग्‍नल पहिचान गरिएको थियो।

पहिलो राष्ट्रसंघीय महासभा 

संयुक्त राष्ट्रसंघको पहिलो महासभा सन् १९४५ जनवरी १० मा आयोजना गरिएको थियो। पहिलो महासभा लन्डनमा आयोजना गरिएको थियो। सन् १९४५ अक्टोबर २४ मा पहिलो राष्ट्रसंघको स्थापना भएको थियो। सन् २०२१ अक्टोबरमा राष्ट्रसंघको ७६ औं महासभा आयोजना गरिएको छ।

लिग अफ नेशन स्थापना 

सन् १९२० जनवरी १० मा लिग अफ नेशनको स्थापना गरिएको थियो। पहिलो विश्‍वयुद्धपछि गठबन्धन शक्ति राष्ट्रहरुले अन्तर्राष्ट्रिय सहकार्यका लागि लिग अफ नेशन स्थापना गरेका थिए।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech