१२ श्रावण २०८१, शनिबार

को बन्ला प्रेस चौतारी बाँकेको अध्यक्ष ?
  • न्युज मानसराेवर

बाँके\ भोली प्रेस चौतारी बाँकेको ९ औँ जिल्ला अधिवेशन हुदै छ । तत्कालिन मध्य तथा सुदुरपश्चिमको केन्द्र विन्द बाँकेको महत्वपूर्ण संगठन प्रेस चौतारीको भोलि ९ औँ जिल्ला अधिवेशन बाट नयाँ नेतृत्व चयन हुने छ ।

चौतारीको अध्यक्षमा जिल्लाका क्रियाशिल पत्रकार विश्वराज पछलड्या दुर्गा रोकाय, शकर प्रसाद खनाल लगाएतको नाम  चर्चामा छ । यद्यपी जिल्ला सचिव कमल डाँगीले समेत अध्यक्षको दावि गर्ने सम्भावना देखाइसकेका छन। जिल्लाको नेतृत्व कस्को पल्लामा जाने हो त्यो भने हेर्न बाँकी छ । जिल्ला अध्यक्ष हेमन्त विकले भने आफु उम्मेदवार नरहेको बताइसकेका छन।

यसै विच  प्रेस चौतारीको अध्यक्षमा प्रज्वल श्रेष्ठले आज दावी गरेका छन। भोली  पुष २८ गते नेपालगन्जमा हुने नवौं जिल्ला अधिबेशनमा संचारकर्मी श्रेष्ठले आफ्नो  अध्यक्षको दावी रहेको सामाजिक संजालमा पोष्ट गरेका छन।

माधव नेपाल समुह बाट आएका पत्रकारहरुको समेत व्यवस्थापन गर्नु पर्ने हुँदा जिल्ला कार्य समिति चयन प्रक्रियामा रक्सारक्सी हुने देखिन्छ । प्रेस चौतारी बाँकेले नेपाल पत्रकार महासंघमा हार व्यहोनु परेको थियो । चौतारी बाट अलग भएको समुहका कारण जिल्ला नेतृत्व गुमाउनु परेको  तत्कालिन पत्रकार महासंघ निर्वाचनका उम्मेदवारहरुको बुझाइ रहेको छ ।  अब जिल्लाको नेतृत्व व्यवस्थापन गर्नाका लागि प्रेस चौतारी नेतृत्व लाई सहज भने देखिदैन ।

जिल्लाको नेतृत्वमा रक्सारक्सी देखिएतापनि प्रेस चौतारी बाँकेमा नयाँ क्रियाशिल पत्रकार थपिदै

पछिल्लो समय जिल्लामा क्रियाशिल  संगठन प्रेस चौतारी बाँकेको नयाँ क्रियाशिल पत्रकार सदस्य संख्यामा बृद्धि देखिएको छ । यसै गरी नेपाल प्रेस युनियन जिल्ला कार्य समिति सह सचिव लक्ष्मी थारुले राजिनाम दिइएकी छिन। उनी प्रेस चौतारीमा आवद्ध जनाउने बताइएको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech