१२ श्रावण २०८१, शनिबार

एमालेको ८ औँ जिल्ला अधिवेशन बाट निर्वाचित जिल्ला कार्य समितिले लियो सफथ
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले बाँकेका निर्वाचित जिल्ला पदाधिकारीहरुले सफथ ग्रहण गरेका छन ।

नेकपा एमालेको ८औँ  जिल्ला अधिवेशन बाट निर्वाचित सदस्यहरुलाई सफथ ग्रहण गराइएको हो ।
एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल लगाएत केन्द्रिय सदस्यहरुको सहभागितामा नव निर्वाचित जिल्लाको १ सय २० कार्य समिति सदस्यहरुले   सफथ ग्रहण गरेका हुन।

एमाले जिल्लाको पहिलो जिल्ला कार्य समितिको बैठकले विकास र जनजिविका सम्बन्धि केही प्रस्तापहरु समेत पास गरेको छ । समितिको पहिलो बैठकले जिल्लामा मुस्लिम समुदायको बाहुल्यता रहेको हुँदा मुस्लिम समुदायको सम्मानमा शुक्रबाट जिल्ला स्तरका कुनै पनि कार्यक्रमहरु नगर्ने निर्णय पारित गरेको हो ।

यद्यपी केन्द्रिय स्तरका कार्यक्रमहरु भने हुने एमाले बाँके इन्चार्ज सुर्य ढकालले जानकारी गराएका छन।

  • २९ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech