१६ बैशाख २०८१, आईतवार

परिसंघद्वारा २३ मूल्यबराबरको औषधि हस्तान्तरण
  • न्युज मानसराेवर

काठमाडौँ\नेपाल उद्योग परिसंघले सार्क सदस्य मुलुक अफगानिस्तानलाई परराष्ट्र मन्त्रालयमार्फत राहत सामाग्री हस्तान्तरण गरेको छ । परिसंघ अध्यक्ष विष्णुकमार अग्रवालले परराष्ट्रमन्त्रीलाई राहत सामाग्री प्रदान गरेका हुन् ।

सहयोग सामाग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी मुलुकमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए ।

परिसंघले करिब २३ लाख मूल्य बराबरको औषधि मन्त्रालयलाई हस्तान्तरण गरेको छ । आइतबार नै यो सहायता सामाग्रीलाई काबुल पठाउने कार्यक्रम छ ।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech