१५ बैशाख २०८१, शनिबार

नेपालसँगको सीमा विवादबारे बोल्यो भारत
  • न्युज मानसराेवर

बाँके\ भारतले सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम हुने बताएको छ । नेपालका लागि भारतीय दूतावासले शनिबार एक प्रेस नोटमार्फत नेपाल–भारत सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको उल्लेख गरेको छ ।

सीमा विवादबारे दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्र नै वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुने पनि विज्ञप्तिमा भनिएको छ । ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न गर्न सकिन्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरेको बारे आलोचना भइरहेको बेला भारतले यस्तो बताएको हो ।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech