१५ बैशाख २०८१, शनिबार

वैदेशिक रोजगारीमा जानेको ग्राफ उकालो
  • न्युज मानसराेवर

बाँके\ वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ। पुसमा मात्रै ८४ हजार ६ सय ३९ जनाले श्रम स्वीकृति लिएका छन्। दोस्रो लहरको महामारीपछि वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। मंसिरमा ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए।

असोजमा ३९ हजार ६७१ नेपाली श्रमिकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। कात्तिकमा श्रम स्वीकृति लिनेको संख्या ५४ हजार ९१८ पुग्यो।  भदौमा २४ हजार ६९२ ले नयाँ श्रम स्वीकृति लिएका थिए।

साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ। तीमध्ये नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो। मंसिरमा श्री स्वीकृति लिएकामध्ये ३४ हजार ४९७ ले पहिलोपटक श्रम स्वीकृति लिएका थिए। बाँकीले दोस्रो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सबैभन्दा बढी रोजाइको गन्तव्य अहिले साउदी बनेको छ। मंसिरमा २४ हजार ९१५ पुरुष र ७७ महिला गरी २४ हजार ९९२  जनाले साउदीका लागि श्रम स्वीकृति लिएका थिए। साउदीपछि सबैभन्दा धेरै कतार गएका छन्। २३ हजार २५ पुरुष र ७५२ महिला गरी २३ हजार ७७७ जनाले कतारमा रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यस्तै कतारपछि यूएई धेरैको रोजाइ गन्तव्य बनेको छ। १४ हजार १०४ पुरुष र २ हजार ५४३ महिला गरी जम्मा १६ हजार ६४७ जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्।

पुसमा पुनः श्रम स्वीकृत लिनेको संख्या ११ हजार २ सय ६९ छ। जसमा १ हजार ८ सय ७८ पुरुष र १ हजार १ सय ९९ महिला छन्। यस्तै १ हजार ६ सय २५ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्।  संस्थागत श्रम स्वीकृत लिनेको संख्या ६२ हजार ६ सय ७६ छ।

वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालका अनुसार दैनिक १ हजार संख्यामा वैदेशिक रोजगारमा युवा विदेश जाने गरेका छन्।

मलेसियामा नयाँ श्रम स्वीकृति नखुलेकाले दुई वर्षदेखि त्यहाँ जाने क्रम रोकिएको छ। बिदामा घर आएका र भिसाको म्याद भएकाहरुमात्र मलेसिया जान पाउँछन्।

  • ५ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech