१५ बैशाख २०८१, शनिबार

विश्वमा थपिए ३२ लाखभन्दा बढी कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके\ विश्वभर कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजारमा संक्रमित थपिएका छन्। फ्रान्समा ४ लाख ३६ हजार, ब्राजिलमा २ लाख ५ हजार, इटलीमा एक लाख ९२ हजार, स्पेनमा एक लाख ५७ हजार, जर्मनीमा एक लाख २१ हजार, अर्जेन्टिनामा एक लाख २८ हजार र बेलायतमा एक लाख ८ हजार कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १६ लाख ६५ हजारले कोरोना जितेका छन्। र, सोही समयमा ८ हजार २४३ जना संक्रमितको मृत्यु भएको छ। यस्तै अमेरिकामा सबैभन्दा धेरै एक हजार ८३४ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी रुसमा ६९८, बेलायतमा ३५९, ब्राजिलमा ३४९, इटलीमा ३८०, जर्मनीमा २५८, अर्जेन्टिनामा २०८, टर्कीमा १७६ र स्पेनमा १६० जना संक्रमितको मृत्यु भएको छ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech