१२ श्रावण २०८१, शनिबार

सर्वदलीय बैठकबारे प्रधानमन्त्रीको सचिवालयबाट एमालेलाई कुनै सूचना छैन : उपमहासचिव रिमाल
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकबारे एमालेलाई कुनै सूचना नभएको जनाएका छन् ।शनिवार बिहान प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रिमालले सञ्चारमाध्यमबाट बैठकबारे थाहा पाइए पनि एमालेलाई कुनै सूचना नभएको बताए ।

रिमालले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूले आज बिहान सर्वदलीय बैठक बोलाउनुभएको भन्ने समाचार सञ्चारमाध्यममा देखियो, सुनियो । एमालेको सहभगिताबारे धेरैले प्रश्न गर्नुभयो । बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना नभएको जानकारी गराउँदछु ।’  प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न शनिवार बिहान सर्वदलीय बैठक बोलाएका छन् ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech