१२ श्रावण २०८१, शनिबार

कोहलपुरका शिक्षकलाई आईसीटी तालिम दिईंदै
  • न्युज मानसराेवर

बाँके\कोहलपुर नगरपालिकाले कोहलपुर नगर भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सुचना तथा प्रविधि तालिम आइतबारदेखि शुरु भएको छ ।

कोहलपुर नगरपालिका प्रमख लुटबहादुर रावतले सो तालिमको उदघाटन गरेका थिए । उदघाटनको क्रममा बोल्दै रावतले कोरोनाको कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको भन्दै वैकल्पिक माध्यमको प्रयोग गरेर विद्यालय बन्द रहँदा पनि शिक्षक र विद्यार्थी जोडिनु पर्ने बताए । उनका अनुसार विद्यार्थी घरमा बसेर पनि सिक्न सकुन् भन्ने उदेश्यले यो तालिम सञ्चालन गरिएको हो ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकारामले विश्वमा आईसीटीको विकास द्रुत गतिमा अगाडि बढेको भन्दै कोभिडका कारणले विद्यालय बन्द रहँदा पनि पढाई निरन्तरता दिन सजिलो होस् भनेर यो तालिम सञ्चालन गर्न लागेको जानकारी दिए ।

कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक नारायणी वलीले कोभिडले धेरै क्षेत्रमा असर पुर्याएको भए पनि धेरैजनालाई आईसीटीसंग जोडिन सिकाएको बताइन् ।

उनले सिमित श्रोत साधन प्रयाप्त मात्रामा नभए पनि सिकाईलाई निरन्तरता दिनुपर्ने र सबै शिक्षकले कोरोना विरुद्धको खोप लगाए पनि १८ वर्ष तलका बालबालिकालाई पनि खोप अनिवार्य लगाउनु पर्नेमा जोड दिइन् ।

कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले विद्यालय बन्दरहेको अवस्थामा वैकल्पिक शिकाई सहजिकरण गर्न तालिम सञ्चालन गरेको बताए । कोहलपुरका ३० वटा सामुदायिक विद्यालयका एकएक जना शिक्षकलाई दुई दिनसम्म तालिम सञ्चालन गरिने शाखा अधिकृत शिला गौतमले बताइन् ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech