१२ श्रावण २०८१, शनिबार

बर्दिया निकुञ्जले पायो टीएक्स २ अवार्ड
  • न्युज मानसराेवर

बाँके\ बाघ संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले टी-एक्स-२ अवार्ड पाएका छन् । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको पहिलो विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धताअनुसार उपलब्धि हासिल गरेकाले टीएक्स-२ अवार्ड दिइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा योबीचमा बाघको संख्या करिब चार गुणाले बढेको छ । सन् २००९मा बर्दियामा निकुञ्जमा १८ वटा बाघ थिए । उक्त संख्या बढेर सन् २०१८मा ८७ पुगेको छ । यो वर्षको बाघ गणनामा पनि बाघको संख्या बढ्ने अनुमान गरिएको निकुञ्जका प्रमुख स‌ंरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech