१२ श्रावण २०८१, शनिबार

सर्वोच्चबाट नेकपा फिर्ता ल्याउने ऋषि कट्टेल पार्टीबाटै निष्कासित
  • न्युज मानसराेवर

बाँके\एक वर्षअघि फागुन २३ गते सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा एकता बदर गरी नेपाल कम्युनिस्ट पार्टीको नाम फिर्ता ल्याउने ऋषि कट्टेल पार्टीबाटै निष्कासित भएका छन् ।

नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो । पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ गते छानविन समिति गठन गरिएको तर छानविन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएको हुनाले निष्कासन गरिएको उल्लेख छ ।

पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । विज्ञप्तिमा उनकै हस्ताक्षर छ । उनी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७.११ बमोजित दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानविन समितिको सिफारिसबमोजिम आजैका मितिदेखि निष्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ गत विहीबार जारी वक्तव्यमा भनिएको छ ।

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech