बाँके\ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विभिन्न भ्रातृ संगठनले तत्काल स्थानीय तह निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेका छन् । लोकतन्त्रको मूल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएको भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई ध्यानआकर्षण गराइएको हो ।
अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, अखिल नेपाल किसान महासंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम इत्तेहाद संगठन, नेपाल खेलकुद महासंघ लगायतले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति घोषणाको माग गरेका हुन् । भातृय संगठनका प्रमुख प्रतिनिधिहरुले सोमबार आज बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन।