१२ श्रावण २०८१, शनिबार

मायादेवी गाउँपालिकामा (लै.स.सा.स) परिक्षण शुरु
  • न्युज मानसराेवर

बुटवल। रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम संचालन गरिएको छ । समृद्ध प्रदेश खुसी जनता भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा उक्त लैगिंक समनतातथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम संचालन गरिएको हो ।

मायादेवी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद लामेछानेले कार्यक्रममा स्वागत मतव्य राख्दै स्थानीय तहहरुको सवलीकरणमा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले विकास निमार्ण र सकारात्मक रुपान्तरणका लागि कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाली काग्रेस लुम्बिनी प्रदेश सभापति श्रीराम यादवले लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहहरुलाई सुशासन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा मायादेवि गाउँपालिका अध्यक्ष धुव नारायण चौधरीले स्थानीय सरकारले समावेशिता लाई मध्य नजर गर्दै विकास निमार्णका कार्यक्रमहरु संचालन गरेको दावि गरे ।उनले महिला शसक्तिकरण का कार्यक्रमका माध्यमबाट समाज रुपान्तरण हुनेमा मायादेवी गाउँपालिका सचेत रहेको समेत बताए ।
कार्यक्रमको सहजीकरण उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेले गरेको छ । कार्यक्रममा कार्यपालिका सदस्य वडा अध्यक्ष विषयगत शाखाका प्रमुख वडा सचिव लगाएतको सहभागिता रहेको थियो ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech