बैजनाथ\ बैजनाथ गाउँपालिकामा पछिल्लो समय महिलाहरु सामुहिक तरकारी खेति तर्फ आकर्षित हुन थालेका छन।स्थानीय सरकारको आर्थिक सहयोग प्राप्त गरेपश्चात स्थानीय महिलाहरु सामुहिक तरकारी खेति तर्फ आकर्षित हुन थालेका हुन।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित साना किसान उद्यमी सुदृढिकरण परियोजनामा आवद्ध महिलाहरुले सामुहिक तरकारी खेति गर्न लागेका हुन। बैजनाथ गाउँपालिका वडा न १ उपल्लो करेली निवासी जागरण महिला समुह र कन्चन महिला समुहका महिलाहरुले सामुहिक तरकारी खेति शुरुवात गर्न लागेका हुन।
कन्चन महिला समुहले ५ कठामा प्याज खेति गर्न लागेका हुन। भने जागर महिला समुहले १ कठा ५ दुरमा प्याज खेति गर्न लागेका हुन।
बैजनाथ गाउँपालिकाले परियोजना मार्फत प्रत्यक समुहमा ७ हजार ५ सय रुपैया तरकारी कोष बापत उपलब्ध गराउदै आएको छ ।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा कूल १ सय ४५ वटा समुहमा काम गर्दै आइरहेको छ ।
कंन्चन महिला समुहकी अध्यक्ष लालसरी कार्कीका अनुसार समुहमा आवद्ध भए पछि सामुहिकताको भावना विकास सँगै आर्थिक रुपान्तरणमा उपायहरुमा समुह केन्द्रित रहेर विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको बताइन । उनले सामुहिक खेति समुदायमा सामुहिक सरसफाइ सामुहिक उपहार प्रदान सँगै मासिक बजत गर्ने जस्ता कामहरु समुहका दिदीबहिनीहरुले गर्दै आइरहेको छौँ। ‘उनले भनिन। ‘ बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा वडा न १ देखी ८ वडा सम्म परियोजना सञ्चालित छ । तस्विरःआकाश रुचाल ठकुरी













