१२ श्रावण २०८१, शनिबार

जिल्लामा प्रेस चौतारीको स्थापना दिवस भव्यताका साथ सम्पन्न
  • न्युज मानसराेवर

बाँके\प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवस विविध कार्यक्रम गरेर भव्यताका साथ मनाएको छ ।दिवसका अवसरमा बाँकेमा शुभकामना आदानप्रदानसहित पत्रकारहरुका लागि आँखा परीक्षण कार्यक्रम गरिएको छ ।भिजन आँखा अस्पतालसँग सहयोग र समन्वयमा आयोजना गरिएको आँखा परीक्षणमा ५० जना पत्रकारले सेवा लिएको चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकायले जानकारी दिए ।नेत्ररोग विशेषज्ञ डा प्रचण्ड गौतमका अनुसार दुईजना पत्रकारमा मोतिबिन्दु र एकजनालाई जलविन्दुको समस्या देखिएको पाइएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई ५० प्रतिशत छुट दिइएको उनले बताए । यस्तै चेकजाँच र औषधि भने निःशुल्क वितरण गरिएको छ ।यस्तै ‘स्थापना दिवसकै अवसरमा चौतारी बाँकेका संस्थापक अध्यक्ष रेशम विरहीको सम्मानमा ‘रेशम विरही सृजनशील पत्रकारिता पुरस्कार’को कोष स्थापना शुभारम्भ पनि गरिएको छ ।अध्यक्ष रोकायका अनुसार अर्को वर्षदेखि जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech