१२ श्रावण २०८१, शनिबार

राप्रपा छोड्नेको लहर शुरु
  • न्युज मानसराेवर

कोहलपुर\ राष्ट्रिय प्रजातान्त्र पार्टीका निवर्तमान अध्यक्ष तथा पुर्व उप प्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गरेसँगै पार्टीमा तरङ्ग सिर्जना भएको छ । राप्रपा निवर्तमान अध्यक्ष थापाले राप्रपाबाट अलग भएको घोषणा गरेसँगै पार्टीको संगठानिक संरचनाहरूमा समेत असर देखिन थालेको छ । राप्रपा बाँकेका एक युवा नेताले पनि राप्रपा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा बाँकेको २ कार्यकाल पार्टी प्रवक्ता समेत रहेका युवा नेता श्रीधर सुवेदीले बुधवार सामाजिक सञ्जाल मार्फत राप्रपा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

आजै देखि राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य नरहने गरि पार्टीको संलग्नतालाई अन्त्य गर्दछु । अब नयां यात्रा शुरु गर्ने घोषणा गर्दछु । धन्यवाद । उनले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । युवा नेता सुवेदी बाँके जिल्लामा पार्टीको राजनीतिमा प्रभावशाली छवि बनाएका सुवेदी राप्रपा निकट पत्रकारहरूको शुभेच्छुक संगठन मिडिया नेपालको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा थिए । उनी कोहलपुर नगरपालिका वडा नं ६ को उप निर्वाचनमा राप्रपाको तर्फबाट वडाध्यक्षका समेत प्रत्याशी रहेका थिए । उप निर्वाचनमा वडामा पार्टीलाई तेस्रो स्थानमा पुर्याउन सफल सुवेदीको निर्णयले राप्रपा बाँकेमा तरङ्ग सिर्जना भएको छ ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech