११ श्रावण २०८१, शुक्रबार

६ महिनामै साढे ५ प्रतिशतले मूल्यवृद्धि, घ्यू-तेल अचाक्ली महंगिए
  • न्युज मानसराेवर

बाँके\ चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५.६५ प्रतिशत पुगेको हो । गत वर्षको सोही समयमा ३.५६ प्रतिशत मात्रै मूल्यवृद्धि भएको थियो । गत आ.वको तुलानामा २.०९ प्रतिशतले मूल्य वृद्धि बढेको हो ।

सबैभन्दा धेरै खाने तेल र घ्यूमा मूल्यवृद्धि भएको छ । यी वस्तुको मूल्यवृद्धि २१. २२ प्रतिशत रहेको छ । पेय पदार्थ तथा खाद्य वस्तुमा मूल्यवृद्धि ४.९२ प्रतिशत छ ।

सेवामूलक क्षेत्रमा भने ६.२३ प्रतिशतले मूल्यवृद्धि भएको छ । पछिल्लो समय प्रायः सबै क्षेत्रमा मूल्यवृद्धि भएको छ ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech