२१ बैशाख २०८३, सोमबार

बैजनाथमा नेपाली कांग्रेस ,माओवादी केन्द्र परित्याग गरी ७४ जना एमालेमा प्रवेश
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिका वडा न ४ मा नेपाली काग्रेस र माओवादी केन्द्र पार्टी परित्याग गरी एमालेमा प्रवेश भएका छन।

एमाले केन्द्रिय सदस्य तथा बाँके  जिल्ला इन्चार्ज सुर्य ढकालले एमाले पार्टीमा स्वागत गरे ।नेता ढकालले गबन्धन सरकार जन भावना विपरित बाह्य शक्तिको आडमा बनेको दावि गरेका छन। उनले विश्व शक्तिहरु एक अर्कोको अस्थित्व स्कार गर्न नसक्दा अमेरिकी सहयोग एमसीसी को चर्चा बढी भएको जिकिर समेत गरे । विश्व शक्ति अमेरीका लगाएत शक्तिहरुले चिनलाई रोक्नका लागि विभिन्न रणनिति बनाइएको दावि समेत गरे ।

उनले गठबन्धन सरकारको विदेश नीति अफल रहेको बताउदै दोहोरो चरित्रका कारण देशमा माओवादी पतन हुने निश्चित देखिएको बताए ।ढकालले जनातको सरकार एमालेले लिएको विदेश नीति र समृद्ध नेपालको अभिभारा पुरा गर्न खोज्दा देशमा रहेका अन्य राजनितिक दल र बाह्य शक्तिहरुले केपी ओलीको सरकार ढलाएको दावि गरेका थिए ।

उनले समृद्ध नेपाल खुसी नेपालीको अभिभारा नेकपा एमालेको सरकार बने मात्र देशमा विकास र सबृद्धि आउने दावि गरेका थिए ।

कार्यक्रमा प्रदेश सदस्य घननाथ खनालले अब स्थानीय , प्रदेश र संघको निर्वाचन केन्द्रित हुनु पर्ने मा जोड दिएका थिए । यसै गरी   एमाले  जिल्ला सचिव रत्न खत्रीले लोकतन्त्र र सर्वभौम देश देशको रक्षा एमालेको सरकारले लिएको नीति बर्तमान सरकारले अबलम्बन गर्न नसक्दा छिमेकी मित्रहरुले बाटो निमार्ण गरिरहेको बताए ।

उनले बर्तमान सरकार मुखदर्शक बनेको समेत आरोप लगाए। कार्यक्रममा २४ घरका ७६ जना एमालेमा प्रवेश गरेका छन। बैजनाथ वडा न ४ का पार्टी अध्यक्ष राम बाहादुर बमको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।

वडा स्तरीय युवा संघ नेपाल विस्तार

युवा संघ नेपालको  बैजनाथ ४ वडा स्तरीय कमिटी विस्तार गरिएको छ ।

भरत विकको अध्यक्षतामा २५ सदस्य कार्य समिति चयन गरिएको नेता घननाथ खनालले जानकारी गराएका छन।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech