१२ श्रावण २०८१, शनिबार

तिलोत्तमा नगरपालिकामा लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण शुरु
  • न्युज मानसराेवर

बुटवल\ तिलोत्तमा नगरपालिकामा लैगिंक समानता  तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम शुरु गरिएको छ ।

तिलोत्तमा नगरपालिको आयोजना तथा लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्को आर्थिक सहयोगमा लैगिंक समानता सामाजिक समावेशीकरण परिक्षण शुरु गरीएको हो ।

(लै.स.सा.स) परिक्षणको सहजीकरण उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेले गरेको छ । कार्यक्रमा तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा परिक्षण कार्यक्रम संचालन गरिएको छ । परिक्षणमा तिलोत्तमा नगरपालिका मेयर बासुदेवि घिमिरे ,प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली , कार्यपालिका सदस्य , विषयगत शाखा प्रमुख लगाएतको सहभागिता रहेको छ ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech