१२ श्रावण २०८१, शनिबार

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता
  • न्युज मानसराेवर

काठमाडौं\ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएको छ। ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन्।

सांसदहरुको हस्ताक्षर लिएर कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरु संसद् सचिवालय पुगेका थिए।

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्तावक र ९५ जना समर्थक सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech