२१ बैशाख २०८३, सोमबार

बैजनाथमा २७ औँ जनयुद्ध दिवस मनाइयो
  • न्युज मानसराेवर

बाँके\ बैजनाथमा नेकपा माओवादी केन्द्रले आफ्नो स्थापना दिवसको २७ औँ जनयुद्ध दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र बैजनाथ गाउँपालिका स्तरीय कमिटीको आयोजनामा २७ औँ जनयुद्ध दिवस मनाइएको हो ।दिवस  शुभकामना आदान प्रदान कार्यक्रम गर्दै मनाएको हो ।

कार्यक्रममा प्रमुख अथिति लुम्बिनी प्रदेश सांसद उषा पुनले संविधान मार्फत प्राप्त गरेका उपलब्धी महान जनयुद्धको उपलब्धी रहेको दावि गरेकी छन।  उनले संघियताको अवधारण र यसका आयम नेकपा माओवादी केन्द्रले देशमा संचालन गरेको महान जनयुद्धका कारण अहिलेको संविधान बनेको दावि गरेकी हुन।  पुनले अब संघियतालाई संस्थागत विकास गर्दै आम नागरिकहरुका अधिकार सुनिश्चित गर्न सबैको योगदान आवश्यक रहेको बताएकी थिन। कार्यक्रममा दिपेन्द्र शाह (युगान्त) ,देब ब रावत ,कुबेर रिजाल सहिद परिवार बाट रामचन्द देबकोटा लगाएतले आ आफ्नो धारणा राखेका थिए ।कार्यक्रमा वाइसीएल उपाध्यक्ष मान बहादुर बिक ,विद्यार्थी नेता चरित्र शाही , प्रदीप बोहरा ,थारु मोर्चाका जिल्ला अध्यक्ष राजमोहन थारु, महिला नेतृ  मिना ओली ,बैजनाथगाउँपालिकाका  ८ वटै वडाका पदाधिकारीहरुको सहभागितामा  जनयुद्ध दिवस मनाइएको छ । जनयुद्ध दिवस  कार्यक्रमका अध्यक्षता जय बहादुर बि कले गरेका थिए ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech