३० बैशाख २०८१, आईतवार

दृष्टिविहीन अमिटले गरे पुनः सगरमाथा आरोहणको तयारी
  • न्युज मानसराेवर

बाँके\बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन्। १ वर्षअघि सगरमाथाको ८ हजार मिटर उचाइमा पुगेर फर्किएका उनले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थालेका छन्।

बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम रहेको जानकारी दिए। जैमिनी नगरपालिका–४ सर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभाव परेकाले सहयोगी मनलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन्।

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech