२३ बैशाख २०८१, आईतवार

आर्थिक सवलीकरणका लागि छिटै बैकसँग समन्वय गर्दैछौंःअध्यक्ष रुचाल
  • न्युज मानसराेवर

बैजानथ\ बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्नो शेयर सदस्य अभियानलाई तिब्रता दिइएको छ ।बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको साना किसान उद्यमी सुढृढिकरण परियोजना मार्फत गठित सहकारीले आफ्नो शेयर सदस्य संख्या अभिबृद्धि गर्ने उदेश्य अभियान सञ्चालन गरेको हो ।अभियानमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले उद्यमशिलता विकास गर्ने मुख्य लक्ष्यका साथ गाउँपालिकाले साना किसान उद्यमी सुढृढिकरण परियोजना सञ्चालन गरेको बताए । उनले उद्यमशिलता विकास गर्ने उदेश्यले वित्तय बैकहरु सँग गाउँपालिका जमानत बस्दै सहकारीमा पुजीँको सुनिश्चित गर्न लागिएको बताए ।

अध्यक्ष रुचालले अब विना धितो र उत्पादन गरिएका बस्तुको बजारीकण गर्नाका लागि ढुवानी साधन समेत उपलब्ध गराइएको बताउदै अब यहाँहरुले उत्पादनमा केन्द्रित रहन आग्रह गरेका छन।कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले आर्थिक रुपान्तरण र समुदायको चेतना विकासर उद्यमशिलता सृजनामा परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले अब आत्म निर्भर बन्नका लागि सहकारीले विभिन्न गतिविधि सञ्चालन गरेको प्रति धन्यवाद व्यक्त समेत गरेका थिए । कार्यक्रममा बैजनाथ गाउँपािलका वडा न २ का २९ समुहका ६ सय महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा हेफर इन्टरनेश्नल नेपालका तालिम शाखा प्रमुख बुद्धि बहादुर खत्रीले उद्यमशिलता विकास र सृजनशिलताको दृष्टिले समाज रुपमान्तरण गर्न एक महत्वपूर्ण अंग सहकारी रहेको बताए ।  उनले अब यहाँहरुको सृजनशिलता र उत्पादन बस्तुको बजारीकरण त्यसको अर्को पक्षका रुपमा लिने सकिने हुदाँ शेयर सदस्य अभिबृद्धि अभियानको शुभकामना व्यक्त गरे । कार्यक्रममा सामाजिक पुजीँको विकास गर्ने वडा न २ को शान्ति महिला समुहलाई सम्मान गरिएको थियो भने सबै भन्दा धेरै उत्पादित बस्तुको बजारीकरण र सहकारीमा धेरै बचत गर्ने प्रगतिशित महिला समुहलाई सम्मान गरिएको थियो ।

यसै गरी सहकारी बाट लिएको ऋृण लिएर छोटो समयमा आम्दानी गर्न सफल उद्यमी शशीरानालाई सम्मान गरिएको थियो ।बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष कल्पना थापाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

  • १९ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech