१६ बैशाख २०८१, आईतवार

कांग्रेस बाँकेको सभापतिमा गौडेल निर्वाचित
  • न्युज मानसराेवर

बाँके \नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल चार वर्षका लागि निर्वाचित भएका हुन ।

सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए ।

सभापतिको दोस्रो चरणको मतदानमा कुल १ हजार ४ सय ३९ मत खसेको थियो । मतदानमा १६ मत बदर भएको छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कुल १ हजार ४ सय ९३ मतदाता थिए । गौडेल निर्वाचित भएपछि निकटतम प्रत्यासी कुर्मीले बधाई दिए ।

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech