१२ बैशाख २०८१, बुधबार

पर्यटक आवगमन ११६५ ले बढ्यो
  • न्युज मानसराेवर

बाँके\सन् २०२२ को फेब्रुअरीमा नेपाल आउने पर्यटकको संख्या ११६ प्रतिशतले बढेको छ । २०२१ को फेब्रुअरीमा कुल ९ हजार १४६ जना पर्यटक नेपाल आएकोमा २०२२ को सोही अवधिमा १९ हजार ७६६ जना पर्यटक नेपाल आएको अध्यागमन विभागको तथ्याङ्क छ ।

भारतबाट सर्वाधिक ५ हजार ९९८ जना पर्यटक नेपाल आउँदा सबैभन्दा कम चाइनेज ताइपेईबाट १४ जना मात्रै पर्यटक नेपाल आएका छन् ।

२०२१ को फेब्रुअरीमा ७०८ जना चिनियाँ पर्यटक नेपाल आएकोमा २०२२ मा भने २०५ जना चिनियाँ पर्यटक मात्रै नेपाल आएका छन् । जुन गत वर्षको तुलनामा ७१ प्रतिशत कम हो ।

दक्षिण एशियाली मुलुकबाट ७ हजार २६२ जना, अन्य एशियाली देशबाट ९५३ जना, यूरोपबाट ४ हजार ८१३ जना, ओशियानाबाट १ हजार ७३ जना,अमेरिकी मुलुकबाट ३ हजार ६१४ जना अन्य देशबाट २ हजार ५१ जना पर्यटक नेपाल आएको अध्यागमन विभागको तथ्याङ्क छ ।

  • २१ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech