१६ बैशाख २०८१, आईतवार

विश्वविद्यालय नसार्न शिक्षक युनियनको चेतावनी
  • न्युज मानसराेवर

बाँके / बाँकेको खजुरामा स्थापना गर्ने भनिएको प्रदेश विश्वविद्यालय अन्यत्र सार्ने दुस्प्रयास भइरहेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टन)ले आपत्ति जनाएको छ । युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालय खजुरामै स्थापना गर्न मागसमेत गरेको छ ।

युनियनका केन्द्रीय सचिव कविन्द्र भट्टराई, बाँके अध्यक्ष लेकप्रसाद प्याकुरेल र बर्दिया अध्यक्ष रामचन्द्र लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालय अन्त सार्ने पर्यत्न भए त्यसविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । साथै, प्रदेश योजना आयोगको उक्त कदमविद्ध उभिन पनि सबै आग्रह गरिएको छ । विश्वविद्यालय सार्ने पर्यत्नलाई युनियनले गैरकानुनी र गैर जिम्मेवार कदम भनेको छ ।

खजुरामा विश्वविद्यालय बनाउनका लागि लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा पारित गरी रकमसमेत विनियोजन गरेको र खजुरा गाउँपालिकाले एक सय विघा जग्गा पनि उपलब्ध गराइसकेको अवस्था अन्यत्र सार्ने षड्यन्त्रमा लुम्बिनी प्रदेश योजना आयोग लागेको विज्ञप्तिमा उल्लेख छ ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech