११ बैशाख २०८१, मंगलवार

बाँकेका पाँच स्थानीय तहमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम शुरु
  • न्युज मानसराेवर

बाँके\ बाँकेका पाँच वटा स्थानीय तहमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम शुरु गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका आठ पालिकामध्ये अहिले पाँच पालिकामा सञ्चालन भइरहेको छ ।

कार्यक्रम शुरु भएका पालिकाहरूमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिका रहेका छन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार तथा स्तरवृद्धिका लागि शिक्षा क्षेत्रमा मात्र कार्यक्रम लागू गर्ने उद्देश्यले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सुरु गरिएको हो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका समन्वयकर्ता भीम रावतले विगत तीन आर्थिक वर्षको कार्यक्रमभन्दा नयाँ कार्यविधि बनाई संरचनागत रूपमै फरक कार्यक्रम यस वर्षबाट लागू गर्न लागेकाले कार्यक्रम सञ्चालनमा केही ढिला भएको बताए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि बाँकेमा उपमहानगरलाई ८० लाख, नगरपालिकालाई ७० लाख र गाउँपालिकालाई ६० लाख रुपैयाँका दरले वित्तीय सामान्यीकरण शीर्षकमा रकम विनियोजन गरेको छ ।

  • २८ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech