१ जेष्ठ २०८१, मंगलवार

काेहलपुरमा तीन सय ५० जनाले राेजे एमाले
  • न्युज मानसराेवर

बाँके / नेकपा  एमाले निकट राष्ट्रिय युवा संघ नेपालकाे काेहलपुर नगर कमिटी विस्तार गरिएकाे छ ।

राष्ट्रिय युवा संघ प्रथम ऐतिहासिक भेलाले काशि अधिकारीकाे अध्यक्षतामा ५१ सदस्य राष्ट्रिय युवा संघ काेहलपुर नगर कमिटी विस्तार गरेकाे हाे ।

भेलामा प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य सुर्य ढकालले लाेगतन्त्रकाे रक्षाका लागि युवा शक्ति एक भएर प्रतिगमन र देशका साझा मुद्दामा केन्द्रीकृत हुन आवश्यक रहेकाे बताएका छन ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष किश्मत कुमार कक्षपति जिल्ला  कमिटी सदस्यहरू प्रदेश कमिटी सदस्य ,नगर कमिटीका पदाधिकारी ,राष्ट्रिय युवा संघ का जिल्ला ,प्रदेस , केन्द्रका सदस्य लगाएको सहभागीता रहेकाे थियाे ।

यसै गरि भेलामा नेकपा माओवाद केन्द्र वाई सि एल कोहलपुर नगर उपाध्यक्ष सुनिल आले र शिमा आलेको नेतृत्वमा ३०० जना , नेपाली कांग्रसबाट ४५ जनाका साथै समाजवादी बाट वडा नं ११ बाट निर्वाचित दलित महिला सदस्य हरिकला सुनार लगाएत कूल ३ सय ५० जानाले एमालेमा प्रवेश गरेकाे नेकपा एमाले काेहलपुर नगर अध्यक्ष खिल प्रसाद भूसालले जानकारी गराएका छन । उनीहरूलई प्रमुख अथिति ढकालले टीका लगाई पार्टीमा स्वागत गरेका थिए ।

  • २८ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech