१ जेष्ठ २०८१, मंगलवार

बैजनाथ २ मा एमालेकाे भब्य भेला सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ/ नेकपा एाालेले वडा न २ काे भेला सम्पन्न गरेकाे छ ।
स्थानीय तहकाे निर्वाचन नजिकिदै गर्दा बैजनाथमा एमाले गतिविधि ह्वात्तै बढेकाे छ । वडा भेला मार्फत एमालेले आफ्नो शत्ति बृद्विमा विशेष जाेड दिएकाे छ ।वडा भेलामा एमाले केन्द्रीय सदस्य सुर्य ढकालले जनतालाई समृद्धि एमाले मात्र दिन सक्ने बताए । उनले गठबन्धन सरकारले जनतालाई थप गरिबी र आर्थिक संकट तर्फ धकेलेकाे दावि गरे । उनले विदेश नीतिमा स्पष्ट अडान लिन नसकेकाे समेत आराेप लगाए ।
बाँके जिल्ला ईन्चाज समेत रहेका ढकालले बैजनाथ समृद्ध बन्न स्थानीय सरकार एमालेकाे हुन आवस्यक रहेकाे बताए ।

कार्यक्रममा शेरबहादुर बस्नेतकाे अध्यक्षतनमा संचालन गरिएकाे एमाले वडा भेलामा लुम्बिनी प्रदेश कमिटी उपसचिव दुर्गा थारू, प्रदेश कमिटी सदस्य घननाथ खनाल, बाँके जिल्ला कमिटी सचिव रत्न खत्री, पालिका अध्यक्ष मान बहादुर रूचाल, पालिका कमिटी अध्यक्ष ईन्द्र थापा सचिव प्रेम सुवेदी लगाएले सम्बाेधन गरेका थिए ।यसै गरि भेलामा ७ जनाले नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका छन, कार्यक्रम बाजागाजा सहितको -याली निकालिएको थियाे। अभियान बैजनाथ गाउँपालिका सबै वडामा जनासंग एमाले अभियान संचालन गरिने नेकपा एमाले पालिका अध्यक्ष इन्द्र थापाले जानकारी गराएकन छन ।

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech