काठमाडौं\सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ।
न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै आइतबार अन्तिम सुनुवाइका लागि आदेश दिएको हो। अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको छ। आदेशअनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुनेछ।













