१ जेष्ठ २०८१, मंगलवार

नेकपा समाजवादी दलका जिल्ला सदस्य आचार्य सहित १६ जना पुरानो घर एमालेमा फर्के
  • न्युज मानसराेवर

बाँके\नेकपा समाजवादी दलका जिल्ला सदस्य विष्णुकान्त आचार्य पूर्ण एमालेमा फर्केका छन। उनी पूर्व एमाले जिल्ला कमिटी सदस्य थिए । नेकपा विभाजपछि माधव नेपाल नेतृत्व नेकपा समाजवादीमा आवद्ध भएका आचार्यले सुर्य चिह्लाई विर्सन नसकेको बताएका छन।

आचार्यले लोकतन्त्रको रक्षाका निम्ति र समृद्धि नेपाल बनाउन एमाले नै देशको प्रमुख शक्ति रहेका कारण आफु आफ्नो पुरानो घर फर्केको बताएका छन। उनलाई नेकपा एमाले केन्द्रिय सदस्य ताथ बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले पार्टीमा स्वागत गरेका हुन ।

आचार्य सहित १६ जना नेकपा समाजवादी दल त्याग गरी पूर्ण आफ्नो घर एमाले फर्केका हुन नेता ढकालले जानकारी गराएका छन।  जिल्लामा पछिल्लो समयमा नेकपा एमालेको घर र्फक अभियान अन्तगत समाजवादी दलमा आवद्ध रहेका   नेता कार्यकता पूर्ण एमालेमा आउने क्रम जारी रहेको छ ।

नेकपा एमालेको घर फर्क अभियान लाई निरन्तरता दिइने नेकपा एमाले बैजनाथ गाउँपालिकाकमिटी अध्यक्ष इन्द्र थापाले भनेका छन। यस अघि बैजनाथ गाउँपालिका वडा न ४ का वडा अध्यक्ष कालि बहादुर सिह लगाएत ७० जनाले समेत समाजवादी दल त्याग गर्दै पूर्ण एमालेमा समाहित भएका थिए ।बैजनाथ गाउँपालिकामा नेकपा समाजवादी दल त्याग गर्दै एमालेमा फर्कन दैनिक जस्तो कार्यक्रमहरु भइरहेका छन नेकपा एमाले पालिका सचिव प्रेम सुवेदीले भनेका छन ।

पार्टी प्रवेश कार्यक्रममा बाँकेका जिल्ला पूर्व अध्यक्ष ,प्रदेश कमिटी सदस्य  घननाथ खनाल ,जिल्ला सदस्य ,बैजनाथ गाउँपालिका सचिवालय सदस्य तथा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ,लगाएत नेता कार्यकर्ताहरुको बाग्लो सहभागिता रहेको थियो ।

 

  • ३० फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech