१ जेष्ठ २०८१, मंगलवार

बैजनाथमा एमाले प्रवेशकाे लहर
  • न्युज मानसराेवर

बाँके / बैजनाथ गाउँपालिकामा नेकपा माओवाद केन्द नेपाली कांग्रेस र समाजवादी दल बाट नेकपा एमालेमा प्रवेश गर्नेहरूकाे लहर चलेकाे छ ।

पछिल्लो समय बैजनाथ गाउँपालिकामा नेकपा माओवादी केन्द्र नेकपा समाजवादी दल नेपाली कांग्रेसले एमाले राेजेका छन ।

स्थानीय निकायकाे निर्वाचन नजिकिँदै गर्दा यसले निकै प्रभाव पार्ने देखिन्छ । खास गरि एमाले बाट विभाजित भई नेकपा समाजवादी गएका पूर्ण एमालेमा आफुलाई सुरक्षित गर्न एमाले नै राेजेकाे देखिन्छ ।

बैजनाथ गाउँपालिकामा एमालेकाे लाल किल्ला का रूपमा स्थापना गर्नाका लागि समेत एमालेले बैजनाथमा प्रवेश कार्यक्रमलाई जाेड दिईएकाे छ ।

आज नेकपा एमालेमा नेपालि कांग्रेस क्षेत्रिय प्रतिनिधि सति थारू त्यसैगरी २०७४ सालकाे स्थानीय तह अन्तगर्त बैजनाथ गाउँपालिका वडा न ५ बाट नेकपा माओवादी केन्द्र बाट वडा सदस्य उम्मेदवार सीता सुनार अर्चना थारूले एमाले राेजेकाे एमाले पालिका कमिटी सचिव प्रेम सुवेदीले जानकारी गराए ।

सुवेदीले दिएकाे जानकारी अनुसार समाजवादी दल बाट सुभाष जिएमले समेत एमाले राेजेकाे बताए ।

  • २ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech