१ जेष्ठ २०८१, मंगलवार

कृष्ण जिसिले पनि त्यागे नेकपा समाजवादी दल ,एमाले प्रवेश
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिका वडा न ४ मा नेकपा समाजवादी पार्टीका जिल्ला सदस्य कृष्ण जिसी नेकपा एमालेमा प्रवेश गरेका छन।  नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्ष इन्द्र थापाले दिएको जानकारी अनुसार जिसीले जनताको बुहदलिय जनवाद नै आजको आवश्यकता महशुस गरेर एमालेमा आउनु भएको छ ‘।थापाले भनेका छन’। जिसीलाई अध्यक्ष थापाले नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीका तर्फ बाट स्वागत गरेका छन।

पछिल्लो समय बैजनाथ गाउँपालिकामा एमाले अभियान व्यापक रुपमा सञ्जालन गरिएको छ । नेकपा एमाले बाट समाजवादी दलमा गएका आफ्ना नेता कार्यकर्ताहरु पूर्ण एमाले र्फकाउन  बैजनाथमा विशेष अभियान नै संचालन  गरिएको छ । जिसी पूर्व एमाले हुन।

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech